ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पारेको निलम्बित प्रधानन्यायाधीशको बयानले पुष्टि हुन्छ : दाहाल 

२०७९ असोज, १  
समाचार
Image Not Found
फाइल तस्वीर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन् । 

शनिवारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन् । 

संसदको पुनःस्थापना जनताको भावना र पहल, बहुमत सांसदको निर्णय, नागरिक समाजको पहल र संवैधानिक इजलाशको बहुमतको कारणले सम्भव भएको उनको भनाई छ । उनले  संसद विघटन गर्ने ओलीलाई संसद पुनःस्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताए । 

अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पारे । ‘त्यतिबेलाको प्रधानमन्त्री (केपी शर्मा ओली)ले चालेका असंवैधानिक कदमलाई करेक्शन गर्ने उद्देश्यका साथ यो गठबन्धन बनेको हो,’ उनले भने । 

उनले आगामी निर्वाचनमा एमालेको अबस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएशनको निर्वाचनले सन्देश दिइसकेको बताए । अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्म अनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गरे । रासस

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement