ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य

२०७९ असोज, १  
समाचार
Image Not Found

काठमाडाैं । संघीय संसद्काे दुवै सदनको चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालू अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । शनिवारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेको जानकारी सहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाएका थिए ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ । 

नेपालको संविधान अनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन अन्त्य हुने प्रावधान छ । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement