ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक रोक्न मिल्दैन : यादव

२०७९ असोज, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताए । सो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने उनले चेतावनी दिए ।

‘कुनै पनि पार्लियामेन्टले दोहोर्‍याएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसदले पारित गरिसकेपछि प्रमाणीकरणबाट रोक्न मिल्दैन । यदि त्यसो गर्ने हो भने संसदले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ  लोकतन्त्रको, संघीय व्यवस्थाको ? त्यसकारणले म भन्छु– संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरू देखिएका छन् । यसप्रति सचेत रहन जरुरी छ ।’

अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणीसमेत गरे । मधेशी, आदिवासी, जनजातिलगायतका सबै समूदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उनको गुनासो थियो । 

उनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिगामी कदम चालेको तर त्यसलाई सत्तारुढ पाँच दलको गठबन्धनले रोक्न सफल भएको पनि बताए । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement