ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चाचान समूह अब मनोरञ्जन क्षेत्रमा, वीरगञ्ज–पथलैया कोरिडोरमा सञ्चालनमा आयो ‘थ्रिल फ्याक्ट्री’ 

२०७९ असोज, १  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । औद्योगिक तथा व्यापारिक घराना चाचान समूहले बालबालिकादेखि वयस्कसमेतलाई लक्षित गरी थ्रिल फ्याक्ट्री सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको चैनपुरमा मनोरञ्जनमुखी व्यावसायिक उपक्रम ल्याएको हो । मनोरञ्जनसँगै शारीरिक व्यायामका गतिविधि समेटिएको यस्तो उपक्रम यो क्षेत्रमै पहिलो हो ।   

उद्योग र व्यापार क्षेत्रमा कहलिएको वीरगञ्जमा मनोरञ्जनका साधनहरूको कमीलाई पूरा गर्ने उद्देश्यले बालबालिका र बयस्क सबैको रुचीलाई समेट्ने गरी थ्रिल फ्याक्ट्री सञ्चालन गरिएको चाचान समूहका निर्देशक निखिल चाचानले बताए । थ्रिल फ्याक्ट्रीमा एउटै छानामुनि १५ प्रकारका मनोरञ्जनमूलक गतिविधिहरु समेटिएको उनले बताए ।

‘बिदाको समयमा बालबालिका र तिनका अभिाभावकलाई गुणस्तरीय समय बिताउन यो उपयोगी हुने विश्वास लिएका छौं  । यहाँका मनोरञ्जनात्मक क्रियाकलाप बालबालिकाका लागि ज्ञानबर्द्धक र व्यक्तित्व विकासमा सहयोगी हुने किसिमले तयार गरिएको छ’, उनले भने । 

थ्रिल फ्याक्ट्री परिसरमा आउनेहरू थ्रम्पब्लिङ पार्क, नेट क्रिकेट, रोप कोर्स जीप साइक्लिङ, बुल राइड, ह्युमान जेरो, सुटिङ रेन्ज, गो कार्टिङ, वाल क्लेम्बिङ, बास्केट बललगायतका क्रियाकलापमा रमाउन सक्ने छन् । यो मनोरञ्जनसँगै शारीरिक व्यायामका लागि पनि उत्तिकै रहेको दाबी चाचानले गरे । बालबालिकाका लागि डान्स फ्लोरको व्यवस्था मिलाइएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर सोही परिसरमा रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको व्यवस्थापनले बताएको छ । करीब २० करोड रुपैयाँको लगानीमा तयार भएको यो पूर्ण वातानुकुलित मनोरञ्जन स्थलले मुख्यतः बारा, पर्सा, रौतहट, मकवानपुर र छिमेकी देश भारतका ग्राहकलाई लक्षित गरेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement