ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दशैं बजार असोज १५ बाट

२०७९ असोज, २  
१० वर्ष अघि
NA

चार सरकारी संस्थाले असोज १५ गतेबाट संयुक्त रूपमा दशैं बजार मेला शुरू गर्ने भएका छन् । खाद्य संस्थान, नेशनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन तथा दुग्ध विकास संस्थानले असोज १५ गतेबाट दशैं बजार मेला सञ्चालनको तयारी गरेका हुन् । उपत्यकाका तीन स्थानमा विक्री केन्द्र राखेर बजार शुरू गर्न लागेको बताइएको छ । बजारमा चारवटै संस्थाको छुट्टाछुट्टै विक्री कक्ष रहनेछ । दशैंका लागि घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराउन बजार सञ्चालनको तयारी गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । काठमाडौंको रामशाहपथस्थित नेशनल ट्रेडिङको कार्यालयमा विक्री केन्द्र स्थापनाको तयारी गरिएको छ । त्यस्तै ललितपुरको विशालबजार तथा भक्तपुरको सूर्यविनायकमा विक्री केन्द्र राखिने मेला सञ्चालन समितिका सदस्य गोपल घिमिरेले अभियानलाई बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले भने, ‘मेलाले बजारलाई अनियन्त्रित हुनबाट रोक्छ ।’

मेलामा खाद्य संस्थानले चामल, चिउरा, चिनी, मैदालगायत खाद्य वस्तु विक्री गर्ने तयारी गरेको संस्थानका नायब महाप्रबन्धक विजयध्वज थापाले बताए । मेलामा साल्ट टे«डिङले पनि विभिन्न खाद्य वस्तु विक्री गर्ने तयारी गरेको छ । नेशनल टे«डिङले मेलामा खाद्य वस्तुका अतिरिक्त मदिरा एवं घरायसी विद्युतीय सामग्री विक्री गर्ने तयारी गरेको छ । नेशनल ट्रेडिङले फ्रिज, टेलिभिजन, वाशिङ मेशिन, राइसकुकरलगायत सामान १० प्रतिशत छूटमा विक्री गर्ने मेला सञ्चालक समिति सदस्य घिमिरेले बताए ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement