ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

ग्लोबल स्मार्ट प्लसको क्यूआरमार्फत किनमेल गर्दा आईफोन १३ जित्ने मौका

२०७९ असोज, २  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसको क्यूआरमार्फत भुक्तानी गर्दा आईफोन १३ जित्न सकिने भएको छ । दशैंको अवसरमा दुईजना भाग्यशाली प्रयोगकर्ताले आईफोन १३ जित्ने मौका पाउने कम्पनीले बताएको छ । शनिवारदेखि असोज महीनाभर उक्त योजना जारी रहने कम्पनीको भनाइ छ । ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरीद गर्दा योजनाको अन्त्यमा गोलाप्रथामार्फत भाग्यशाली दुईजना ग्राहकलाई आईफोन १३ प्रदान गरिने कम्पनीले बताएको छ । योजनामा सहभागी हुनका लागि असोज महीनाभरि क्यूआर कोडमार्फत ६ ओटा रू. ५०० वा सोभन्दा बढीको भुक्तानी भएको हुनुपर्ने कम्पनीको शर्त छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement