ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक २८औं वर्षमा

२०७९ असोज, २  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक २८औं वर्षमा प्रवेश गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ देखि डायलअप इन्टरनेट सेवा दिन थालेको कम्पनीले २७ वर्ष पूरा गरेको हो । आफूलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक दाबी गर्दै आएको कम्पनीले आफ्नो २७ वर्षे यात्रा गौरवपूर्ण रहेको बताएको छ ।

हालसम्म ७३ जिल्लामा सेवा विस्तार गरेको कम्पनीले केही वर्षभित्रै सबै जिल्लामा सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्ना इन्टरनेट ग्राहक ३० लाख रहेको कम्पनीको दाबी छ । ७ लाख घरधुरीमा इन्टरनेट जडान गरिएको कम्पनीको भनाइ छ । साथै १४ हजार स्थानमा नि:शुल्क इन्टरनेट सुविधा दिइरहेको कम्पनीले बताएको छ । कम्पनीका निर्देशक मनोज अग्रवालले देशभर कम्पनीका शाखामा ५५ सयले रोजगारी पाइरहेको बताए । ‘नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनीय छ,’ उनले भने ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement