ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

२०७९ असोज, २  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले संविधान दिवसको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । आइतवारदेखि लागू हुनेगरी कम्पनीले अनलिमिटेड र अल नेटवर्क प्याक अफर ल्याएको हो । अफर अन्तर्गत अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याक उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । उक्त प्याकहरू आइतवारदेखि तीन दिनका लागि मात्रै सञ्चालनमा रहने कम्पनीको भनाइ छ । सोमवार संविधान दिवस मनाइँदै छ ।

ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित रू. ५९ मा खरीद गर्न सक्नेछन् । प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउने कम्पनीको भनाइ छ । एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरूमा उक्त अफर अवधिभर सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले रू. ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० ओटै एसएमएस बन्डल भएको प्याक लिन सक्नेछन् । उक्त  प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुने कम्पनीको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement