ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘टुरिजम नेशनल कन्फेरेन्स’ सम्पन्न

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा आयोजित ‘टुरिजम नेशनल कन्फेरेन्स’ सम्पन्न भएको छ । शुक्रवार सम्पन्न उक्त कार्यक्रममा ९ ओटा विद्यालयका विद्यार्थीको सहभागिता थियो । उनीहरूले सांस्कृतिक नृत्य तथा पर्यटन सम्भावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेका थिए । जीटीटीपीको नेपाल च्याप्टर टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटले पर्यटन गीतको विमोचन र पर्यटन प्रवर्द्धन गर्ने युवाहरू सचिन न्यौपाने, सिर्जना ओली, हिमालय भट्ट, मानसी अग्रवाल र देवेन्द्र शाही ठकुरीलाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरेको छ । साथै ‘टीआरटीआई बुलेटिन’ विमोचन गरिएको बताइएको छ ।

टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटका अध्यक्ष मदनकुमार बरालको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल र विशिष्ट अथिति पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका साथै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्सका (नाट्टा)का अध्यक्ष रमेश थापा रहेका थिए ।

कार्यक्रममा नेपाल एपीएफ स्कुल कीर्तिपुर, सुसंस्कार स्कुल गोकर्णेश्वर, विद्यासागर स्कुल बौद्ध, पाणिनि स्कुल काँडाघारी, न्यू होराइजन स्कुल चन्द्रागिरी, बालोदय स्कुल पोखरा, न्यू ग्यालेक्सी स्कुल पोखरा, न्यू होराइजन स्कुल मिथिला नगरपालिका र नमूना विद्या सदन लालगढ सहभागी थिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement