ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ शुरू

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौंं । पाकिस्तानमा उत्पादित विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी शनिवारदेखि काठमाडौंमा शुरू भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’को उद्धाटन नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले गरेका हुन् । सो अवसरमा उनले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउन र आर्थिक, व्यापारिक लगायतका गतिविधिमा द्विपक्षीय संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारिक सम्बन्धको उत्कृष्ट नमूना रहेको राजदूत शाहको भनाइ थियो । दुवै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उनले बताए ।

आर्थिक गतिविधिलाई बढावा दिन प्रदर्शनी फलदायी हुने आयोजक इन्ट्रोडक्सन ट्रेड शोका प्रबन्ध निर्देशक सुमन महर्जनले बताए । पाकिस्तानमा निर्मित छालाका सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्री पाकिस्तानमा अधिक रुचाइएको उनको भनाइ छ ।

असोज ६ गतेसम्म चल्ने प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, तन्ना, जुत्ता–चप्पल, गरगहना लगायत सामग्री राखिएका छन् । काठमाडौंस्थित पाकिस्तानी दूतावास र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा एक दशकयता वार्षिक रूपमा व्यापार मेला हुँदै आएको छ । यस पटकको मेलामा अतिथि राष्ट्रहरू भारत र बंगलादेशका स्टल पनि राखिएका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement