ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल’ श्याम तामाङलाई

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल’ गल्फ प्रतियोगिता श्याम तामाङले जितेका छन् । शनिवार भएको प्रतियोगिताको नवौं संस्करणमा तामाङले २० ह्याण्डीक्याप खेलेर ६ अन्डर ६६ अंक बटुलेर ‘सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल’ उपाधि जितेका हुन् । छेवाङ शेर्पाले ४ अन्डर ६८ अंक बनाउँदै दोस्रो स्थान हासिल गरेका छन् । रामचन्द्र लिम्बूसँग ३ अन्डर ६९ मा बराबरी खेलेका बाबु शेर्पा भने तेस्रो स्थानमा रहे ।

ताशी दोङले २ ओभर ७४ बनाउँदै बेष्ट ग्रसको उपाधि हात पारे । इभन पार खेलेर ७२ अंक बनाउँदै महिलातर्फको उपाधि एस्टिना टण्डनले जितेकी छिन् । स्ट्रोक प्ले ढाँचामा खेलाइएको उक्त प्रतियोगितामा ४२ खेलाडी सहभागी भएका थिए । सूर्य नेपालको प्रायोजन रहेको यस प्रतियोगिताका विजेतालाई डा. भगवान कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

नवौं संस्करणसम्म आइपुग्दा कुल २८० अंकसहित बाबु शेर्पा क्लब च्याम्पियनशिपको शीर्ष स्थानमा छन् । २१५ अंकसहित रणदीप थापा दोस्रो स्थानमा छन् । २०० अंक बनाएका श्याम तामाङ तेस्रो स्थानमा उक्लिएका छन् । १९५ अंक बटुलेका कर्ण थापा चौथो स्थानमा ओर्लिएका छन् । यस्तै १२५ अंकसहित पूर्णबहादुर राई पाँचौं, १३० अंकसहित समीर आचार्य छैटौं र १२५ अंकसहित पवित्रकुमार कार्की सातौं स्थानमा छन् । प्रदीप केसी, आङ दोर्जे शेर्पा र छेवाङ शेर्पा क्रमश: १२० अंक, ११५ अंक र ९५ अंकसहित सूचीको आठौंदेखि १०औं स्थानमा छन् ।

ग्रस श्रेणीमा ताशी छिरिङ ३६५ अंक बटुलेर शीर्ष स्थानमा छन् । दोस्रोदेखि पाँचौं स्थानमा क्रमश: वाङछेन धोन्दुप, विजय श्रेष्ठ इनिहास, ताशी दोङ र सुरेन्द्र फुयाँल छन् । आगामी महीना हुने मन्थ्ली मेडलपछि नेट श्रेणीका शीर्ष ४० र ग्रस श्रेणीको शीर्ष २० नोभेम्बर र डिसेम्बरमा हुने अन्तिम दुई चरणका लागि योग्य हुनेछन् । यसबाट नेट र ग्रस श्रेणीको क्लब विजेताको घोषणा हुनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement