ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बैंकको ब्याजदर र महँगीप्रति मोरङ व्यापार संघको ध्यानाकर्षण

२०७९ असोज, २  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । बढ्दो बैंक ब्याजदर र महँगीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको मोरङ व्यापार संघले बताएको छ । संघले बढ्दो बैंक ब्याजदर, महँगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थितिप्रति ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको हो ।

विगत केही महीनादेखि चर्किंदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक, व्यावसायिक एवं आर्थिक चक्र नराम्ररी प्रभावित भएको संघको ठहर छ । लगानीयोग्य पूँजीको अभावमा उद्योग, व्यवसाय आफ्नो क्षमता अनुसार काम गर्न नसक्ने अवस्थामा पुगेको संघको भनाइ छ ।

उद्योग, व्यवसाय र उपभोक्ताको नाजुक अवस्थाप्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिएको संघको आरोप छ । सरकार र राष्ट्र बैंकले चासो नदिएकाले व्यवसायी र उपभोक्ता हतोत्साहित बनेको संघले बताएको छ । राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधान समेत औद्योगिक/व्यावसायिक वातावरणका लागि प्रतिकूल रहेको भन्दै संघले त्यसलाई तत्काल सुधार गर्न तथा चालूपूँजी कर्जालाई पारदर्शी बनाउन र एकरूपता कायम गर्न समेत माग गरेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement