ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘सीएनआई एक्स्पो २०२३’ आयोजना हुँदै

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले अन्तरराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तरराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ आयोजना गर्न लागिएको हो ।

मेलामा प्रदेश नं १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक वस्तुका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी तथा विक्री गरिने आयोजकले जानकारी दिएको छ । कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि प्रदर्शन महत्त्वपूर्ण हुने बताइएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय नयाँ लगाानीकर्ता पनि आकर्षित हुने विश्वास आयोजकले लिएको छ ।  नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत मुलुकबाट समेत प्रदर्शनीमा सहभागिता रहने जानकारी दिइएको छ । प्रदर्शनीमा आधुनिक चारओटा डोम र ३५० स्टल रहनेछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement