ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना हुँदै

२०७९ असोज, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपालमा पब्जी र फ्रिफायर प्रतियोगिता २२ सेप्टेम्बरदेखि शुरू हुने भएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो । पब्जी र फ्रिफायर प्रतियोगिता एकैसाथ नेपालमा पहिलोपटक आयोजना हुन लागेको कम्पनीले बताएको छ ।

‘अल्टिमेट ब्याटल : पब्जी एन्ड फ्रिफायर’ नाम दिइएको उक्त प्रतियोगितामा ५ हजार टीमको सहभागिता रहने कम्पनीले जानकारी दिएको छ । प्रतियोगिता नोभेम्बरमा सम्पन्न हुनेछ । प्रतियोगिताको पुरस्कार राशी ४ लाख रुपैयाँ रहेको छ । त्यस्तै विजेता खेलाडीका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको आयोजक सुबिसुले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने टीमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । गत १५ सेप्टेम्बरदेखि शुरू भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ । प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा रहेको छ । शुरुआती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने र फाइनल खेलहरू भौतिक उपस्थितिमा हुने कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement