ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले १० लाख ५८ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको शेयर सहित सर्वसाधारणमा कर्मचारी समेत गरी कुल ११ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेबसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीले कास्की जिल्लामा मढ्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू.२ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू.१७ करोड ८२ लाखभन्दा बढी रहेको छ । 

कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement