ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आजबाट पेश गरिँदै, महिलाबारे यस्ताे छ व्यवस्था

२०७९ असोज, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदैछ । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आजबाट निर्वाचन आयाेगमा पेश गर्नुपर्ने छ । बन्दसूची भोलिसम्म पेश गरिसक्नुपर्ने कार्यतालिका छ । 

ठूला दलहरूले आज नै समानुपातिक उम्मेदवारहरू टुंग्याउने तयारी गरेका छन् । दलहरुले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना सदस्यका लागि बन्दसूची पेश गर्नेछन् । 

निर्वाचन आयोगका अनुसार बन्दसूचीमा दलहरूले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेश गर्नुपर्नेछ । यस्तै बन्दसूचीमा ५० प्रतिशत महिलाहरूलाई सिफारिस गर्नुपर्ने हुन्छ । 
 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement