ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

ङादी ग्रुप पावरको सर्वसाधारण समूहको शेयर आजदेखि लिलामीमार्फत विक्री खुला

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले आज (आइतवार) देखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी विक्री खुला गरेको छ । शेयरको न्यूनतम मूल्य रु. १०० तोकिएको हुँदा लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् । 

लिलामी शेयरमा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त समयभित्र नबिकेको हकप्रद शेयर कम्पनीले लिलामीमा ल्याएको हो । 

उक्त शेयरमा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट आवेदन दिन सकिनेछ । यसका साथै, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरू (विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगर) बाट पनि शेयरमा आवेदन दिन सकिनेछ। 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement