ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सुपथ मूल्य पसल : कुन खाद्यवस्तुमा कति पाइन्छ छूट  ?

२०७९ असोज, २  
समाचार
Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सरकारले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकासहित देशभरका ४१ जिल्लाका ४५ स्थानमा शुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे । सुपथ मूल्य पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु विक्रीका लागि राखिएको छ । 

कुन खाद्यवस्तुमा कति छूट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानको सहभागितामा सञ्चालन हुने सुपथ मूल्य पसलबाट चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घिउ, खसी, बोका र च्यांग्रालगायत खाद्यवस्तु विक्री भइरहेकाे छ, जसमा मासुजन्य वस्तुमा १० रूपैयाँ तथा खाद्य सामग्री र तेलमा सात रूपैयाँ छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रूपैयाँ छूट पाइनेछ । यस्तै, कर्णालीको सिमी र गेडागुडीमा प्रतिकिलो १०, जिउँदो खसी, बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छूट पाइने कम्पनीले बताएको छ । यसैगरी, नुन किलोमा २, घिउ किलोमा ६० र पनिर तथा चिज किलोमा २० रूपैयाँ सस्तो हुनेछ । 

आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसल हरेक दिन बिहान १० देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement