ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एशियन लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेसँगै असोज ३ गते सरकारी विदा रहेकाले आजसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ सम्मको नाफाबाट शेयरधनीलाई १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले असोज १३ गते साधारणसभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे शुरू हुने  जानकारी दिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement