ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

घूससहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

२०७९ असोज, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई गत साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ पनि बरामद  भएको थियो । उनले ६ लाख रुपैयाँ घूस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरिभक्त श्रेष्ठसँग सापटी लिएको अख्तियारले बताएको छ ।

 इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिएवापत बीबी एयरवेजका सीईओबाट सापटी लिनु भ्रष्टाचारजन्य काम नै भएको अख्तियारले बताएको छ ।

त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार  मुद्दा दायर गरेको छ । अख्तियारले दुवै जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement