ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ब्याजदर वृद्धिको असर : लगातार तीन दिन घट्यो नेप्से, रू. १ अर्ब ६० करोड बराबरको शेयर किनबेच

२०७९ असोज, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ३३ दशमलव ९७ अंक घटेको छ । नेप्से परिसूचक १ हजार ८७६ दशमलव ४१ विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २२९ धितोपत्रको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर २७ हजार ७९० पटकमा रू.१ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ मा किनबेच भएको छ ।

बैंकहरूले असोज महीनामा ब्याजदर बढाएसँगै शेयर बजार निरन्तर तीन दिनदेखि घटेको छ । गत बिहीवार बैंकहरूले ब्याजदर बढाउने निर्णय गरेका थिए । उक्त दिन नेप्से परिसूचक २ दशमलव ८८ प्रतिशत घटेको थियो । शुक्रवार पनि नेप्से परिसूचक घटेको थियो । 

पछिल्लो समय सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल छ  । यतिबेला विगतमा राम्रो लाभांश दिँदै आएका कम्पनीहरूको शेयर खरीद गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् । 

कारोबारमा आएका २२९ धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाईमूल्य ५ दशमलव ३५ प्रतिशत बढेर रू. ८  दशमलव ८६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल ल्युब आयलको शेयर मूल्य ४ प्रतिशत बढेर रू. २७३ दशमलव ३० पुगेको छ । 

त्यसैगरी आइतवार बलेफी हाइड्रोपावर लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ८५ प्रतिशत  घटेर प्रतिकित्ता रू. २७० कायम भएको छ । त्यसैगरी दोस्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ७ दशमलव ३० प्रतिशत घटेर रू. २५४ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री लक्ष्मी बैंकको रू. २१ करोड ३८ लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १९८ कायम भएको छ । त्यसैगरी सर्वाधिक खरीदविक्री हुने दोस्रोमा प्रभु बैंकको संस्थापक शेयर रू. १९ करोड ५८ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव २४ प्रतिशत घटेको छ । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement