ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

थप २० मर्चेन्टसँगको डिजिटल भुक्तानीमा सानिमा बैंकको छूट

२०७९ असोज, ३  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले थप २० ओटा मर्चेन्टसँगको कारोबारमा ग्राहकलाई छूट दिने व्यवस्था गरेको छ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहनका लागि छूटको व्यवस्था गरेको हो । ग्राहकले सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत विभिन्न मर्चेन्टहरूलाई वस्तु तथा सेवाको भुक्तानी गर्दा भुक्तानी गर्दा छूट पाउनेछन् ।

बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक र नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा ग्राहकले छूट पाउने बताएको छ । त्यस्तै, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबेरी, दरबार ज्वेलर्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन लगायत मर्चेन्टहरूसँगको डिजिटल कारोबारमा ग्राहकले १० देखि ३० प्रतिशतसम्म छूट पाउनेछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement