ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको १२० बैठक

२०७९ असोज, ३  
कर्णाली प्रदेश
Image Not Found

सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले पाँच वर्षमा १२० बैठक बसेर महत्त्वपूर्ण निर्णय गरेको छ । आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सामाजिक विकास समितिले पाँच वर्षमा गरेका कामका बारेमा जानकारी गराएको हो ।

समितिका अध्यक्ष देवी ओलीले समितिको गठनपछि हालसम्म एक सय २० बैठक बसेको भन्दै बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतका निकायको हालसम्मको कार्यप्रगति तथा समस्याका बारेमा विस्तृत छलफल गरिएको जानकारी दिए । उनले भने, ‘सम्बन्धित निकाय सञ्चालनका लागि तर्जुमा गरिएका कानून, नीति तथा योजना र कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकनका साथै मन्त्रालयद्वारा गरिएका अध्ययन, अनुसन्धानलगायत विषयमा गहन छलफल तथा विमर्श भएका छन् ।’

प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम खासै प्रभावकारी नदेखिएको र सुधार गर्नुपर्ने देखिएका सन्दर्भमा समितिले प्रदेश सरकारलाई बारम्बार ध्यानाकर्षण गराइएको समिति अध्यक्ष ओलीले जानकारी दिए ।  यसैगरी सुर्खेतको वराहताल गाउँपालिका–८ स्थित गाउँपालिकाकै वडा नं २ का बाढीपीडितको पुनर्वासका लागि भएका प्रयास प्रभावकारी नदेखिएको सन्दर्भमा समेत ध्यानाकर्षण गराइएको छ । ‘लैंगिक हिंसाविरुद्धको अभियानलाई केही दिनमा मात्र सीमित नगरी नियमित एवं प्रभावकारी अभियान आवश्यक छ,’ ओलीले भने ।

विपन्न, अशक्त÷असहाय, एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने सामाजिक सुरक्षासम्बन्धी कानून र प्रचलित व्यवहारबीच भिन्नता देखिएको भन्दै गुनासालाई सम्बोधन गर्न समितिमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । लैंगिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधिसँग समितिले अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमबाट प्राप्त गुनासालाई सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष ओलीले बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement