ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सामसङले ल्यायो दशैं, तिहार लक्षित अफर

२०७९ असोज, ३  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं  । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले दशैं, तिहार लक्षित अफर ल्याएको छ । कम्पनीले ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ नामक अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकले कम्पनीका उत्पादनको खरीदमा निःशुल्क इन्स्टलेसनसहित ३० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । कम्पनीले ल्याएको सो अफर शनिवारदेखि लागू भइसकेको छ ।  आगामी कात्तिक २९ गतेसम्म अफर सञ्चालनमा रहने कम्पनीको भनाइ छ । ग्राहकले टीभी, रेफ्रिजरेटर वा वाशिङ मेशिन खरीद गर्न अफर उपयुक्त समय रहेको कम्पनीको दाबी छ ।

अफर सामसङ टीभी, रेफ्रिजरेटर र वाशिङ मेशिनमा मात्र लागू हुने कम्पनीको भनाइ छ । ग्राहकले सामसङका टीभी सोही कम्पनीको प्रिमियम रेन्जका टीभीमध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म छूट पाउन सक्नेछन् । यस्तै रेफ्रिजरेटर खरीदमा २५ प्रतिशतसम्म र वाशिङ मेशिन खरीदमा २२ प्रतिशतसम्म छूट पाउने कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement