ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

हाँडीगाउँमा ‘राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज’

२०७९ असोज, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको हाँडीगाउँ गहनापोखरी क्षेत्रमा ‘राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज’ आयोजना गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत आइतवार त्यस क्षेत्रको सरसफाइ गरिएको हो ।

डेंगीको संक्रमणलाई ध्यानमा राखेर सरसफाइ गरिएको आयोजक संस्था राउण्ड टेबल नेपालले जानकारी दिएको छ । सरसफाइसँगै जनचेतना फैलाउने काम समेत गरिएको राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताए । त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिक प्रहरी कार्यालयमा डस्टबिन राखिएको जानकारी उनले दिए ।

कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोर्टी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दासका साथै राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता  थियो ।

त्यस्तै देशभरबाट संकलित बिग्रिएका कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement