ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सुर्खेतमा टीभीएसको ‘एओजी राइड’ सम्पन्न

२०७९ असोज, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुर्खेतमा टीभीएसको अपाचे ओनर ग्रूप (एओजी) राइड सम्पन्न भएको छ । ३५ जना राइडरहरूसँग एओजी राइड सम्पन्न गरिएको कम्पनीले बताएको छ ।

शनिवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित स्टे होटल भ्याली भ्यूसम्म पुग्दै राइड सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । राइडमा भ्लगर प्रज्वल बस्नेत, रूपेश विक लगायतको सहभागिता थियो । सुर्खेतमा टीभीएसको नेतृत्वमा राइड आयोजना भएकोमा उनीहरूले खुशी व्यक्त गरे ।

टीभीएसले यसअघि एओजी राइड कार्यक्रम काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्याप्टर र धनगढीमा सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा सहभागीहरूले यसलाई मन पराएको कम्पनीको दाबी छ । यो कार्यक्रम आगामी दिनमा अन्य क्षेत्रमा पनि गरिने बताइएको छ । नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि हो ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement