ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सघाउने

२०७९ असोज, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाकको अन्तरराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सघाउने भएको हो । चेम्बर अन्तर्गतका अन्तरराष्ट्रिय शाखामार्फत नेपाली तयारी पोशाकको बजार प्रवद्र्धनका लागि उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरूलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवद्र्धन एक मात्र विकल्प भएको बताए । ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तरराष्ट्रिय शाखामार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ,’ उनले भने ।

९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको स्मरण गर्दै अध्यक्ष मल्लले अहिले मुश्किलले ७ अर्बको मात्र निर्यात हुनु दुर्भाग्य रहेको बताए । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु विडम्बना भएको बताए । चालू आर्थिक वर्षमा तयारी पोशाकको निर्यात १० अर्ब पुर्‍याउने आफूहरूको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement