ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘यो दशैं/तिहार सेगवेको साथ उपहार ७’ अफर सार्वजनिक

२०७९ असोज, ३  
बजार
Image Not Found

काठमाडौं । नेपालका लागि सेगवेको दुईपांग्रे सवारीसाधनको आधिकारिक विक्रेता आईहब कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक छूट तथा पुरस्कार उपलब्ध गराउने अफर ल्याएको हो ।

‘यो दशैं/तिहार सेगवेको साथ उपहार ७’ नामक उक्त अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुने कम्पनीले जानकारी दिएको छ । ‘यो अफर नेपालमा सेगवेको दुईपांग्रे सवारीसाधनको आक्रामक बजार रणनीति र विस्तारको निरन्तरता हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अफरमा ग्राहकले सेगवेको कुनै पनि उत्पादन खरीद गर्दा रू. १० हजारसम्म छूट, अमाजफिट बन्ड वा अमाजफिट नियो बन्ड लगायत पुरस्कार जित्न सक्नेछन् । त्यस्तै निःशुल्क बीमा तथा सडक कर र लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । अफर अन्तर्गत लक्की ड्रमार्फत दुईजनाले किक स्कुटर, दुईजनाले स्मार्टफोन र पाँचजनाले अमाजफिट जीटीएस२ स्मार्टवाच जित्न सक्नेछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement