ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेप्सेले गर्‍यो एशियन लाईफको शेयर मूल्य समायोजन 

२०७९ असोज, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार एशियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको आइतवार कायम अन्तिम शेयर मूल्य ५४० को आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बोनस पछिको मूल्य नेप्सेले रू. ४७१ दशमलव ६२ तोकेको छ । मंगलवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोयबार खुला हुनेछ । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल रू. १५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांशसहित उक्त वर्षको वार्षिक प्रतिवेदन पारित गर्नका लागि कम्पनीले असोज १३ गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले तोकेको बुक क्लोजको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । सोमवार संविधान दिवसको सार्वजनिक विदा परेकाले नेप्से भने बन्द रहनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement