ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आशा लघुवित्तको संस्थापक  शेयर मंगलवारदेखि विक्रीमा

२०७९ असोज, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि मंगलवार अर्थात् असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्दै छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. ३९५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते बिहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement