ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पिपुल्स पावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?

२०७९ असोज, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ९४ दशमलव ९६ देखि २८४ दशमलव ८८ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ९६ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ भदौ १२ गते बाँडफाँट भएको थियो । कम्पनीकाे शेयर किन्न आवेदक दिएका १५ लाख ५१ हजार ४१३ जनामध्येबाट गोलाप्रथाद्वारा २ लाख २९ हजार ४६८ जनाले १०/१० कित्ताका दरले शेयर पाएका थिए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement