ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

२०७९ असोज, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताकाे पहिलाे दिन ताेलामा ३०० रूपैयाँ बढेकाे सुनकाे मूल्य दाेस्राे दिन भने ४०० रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमवार (आज) सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रूपैयाँ कायम भएको छ । आइतवार सुन तोलाको ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । 

पछिल्लाे समय सुनकाे मूल्य घट्ने क्रममा छ । गत भदाै १ यता सुनकाे मूल्य ताेलाकाे ४ हजार ८०० रूपैयाँ घटिसकेकाे छ । भदाै महीनाभर मात्रै सुनकाे मूल्य ताेलामा ४ हजार ७०० घटेकाे थियाे । गत भदाै १ गते ताेलामा ९६ हजार २०० रूपैयाँ रहेकाे सुनकाे भाउ भदाै ३१ मा प्रतिताेला ९१ हजार ५०० रूपैयाँ कायम भएकाे थियाे ।   

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार १७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement