ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

संविधान दिवसमा ९९८ जनालाई विभूषण 

२०७९ असोज, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । 

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ९९८ जनालाई विभूषण प्रदान गर्नुभएकाे हाे । 

राष्ट्रपतिको कार्यालयले आज जारी गरेकाे विज्ञप्ति अनुसार मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री १६५, कीर्तिमय राष्ट्रदीप ६, प्रबल जनसेवाश्री ३२२, राष्ट्रदीप दुई, जनसेवाश्री २०७ लाई विभूषण हुने जनाएकाे छ ।

यस्तै, अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ । 

पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी ६, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement