ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सनी सेक्युरिटिजको वार्षिक साधारण सभा असोज २३ मा, हकप्रद शेयर निष्कासनकाे प्रस्ताव पेश हुने

२०७९ असोज, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनी सेक्यिुरिटिज कम्पनी लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा काठमाडौंस्थित कम्पनीको रजिष्ट्रर कार्यालयमा दिउँसो ३ बजे बाट शुरु हुने कम्पनीले जनाएकाे छ ।

साधारण सभामा बोनस शेयरपश्चात कायम हुने पुँजीको १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।  यस्तै, आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएकाे छ ।
 
नेपाल धितोपत्र बोर्डले ब्रोकरहरूको न्यूनतम चुक्तापूँजी रू.२० करोड हुनुपर्ने व्यवस्था गरेसँगै कम्पनीहरूले पूँजी वृद्धि गर्न थालेका हुन् । बोर्डले सीमित कारोबार गर्नेको न्यूनतम चुक्तापूँजी रू. २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको चुक्तापूँजी रू. ६० करोड र धितोपत्र व्यापारीको रू. १ अर्ब ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement