ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

टुकुचा खोला खाेजी अभियान : अदालतको आदेशले पनि रोकिएन महानगर, आज हात्तीसार–कमलपोखरीमा उत्खनन्

२०७९ असोज, ३  
समाचार
Image Not Found
अतिक्रमित टुकुचा खाेला खाेज्न काठमाडाैंकाे हात्तीसार क्षेत्रमा उत्खनन् गरिँदै ।
author avatar अभियान संवाददाता

काठमाडौं । उच्च अदालत, पाटनले टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले संरचना भत्काउने अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले सोमवार (आज) हात्तीसार–कमलपोखरी क्षेत्रमा अतिक्रमित संरचना भत्काएर टुकुचा खाेला खाेजी जारी राखेकाे छ । 

टुकुचा खाेला अतिक्रमण गरेर गायब पारिएकाे भन्दै महानगरपालिकाले केही दिनदेखि सम्भावित क्षेत्र पहिचान गरेर खाेला खाेजिरहेकाे छ । सोही क्रममा जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खाेला पत्ता लगाएकाे थियो । 

काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा टुकुचा खाेला खाेजी भइरहेकाे बताए । उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । उनले कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए । 

‘काठमाडौं महानगरपालिकाकाे आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो,’ उनले भने, ‘हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौं । त्यहाँ आज केही हुँदैन । तर, भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’ 

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि गत आइतवार उच्च अदालतले संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको थियो । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement