ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

प्रतिनिधिसभा निर्वाचनका लागि ५ ठाउँबाट सिफारिस भएकी आरजु राणा अन्तत: समानुपातिक उम्मेदवार !

२०७९ असोज, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा अन्तत समानुपातिक उम्मेदवार बन्ने भएकी छन् । मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि कैलाली, बर्दिया, बागलुङ लगायत ५ ठाउँबाट सिफारिस भएकी राणालाई कांग्रेसले अन्तत समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी राणालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरिएको कांग्रेस स्रोतले दाबी गरेको छ ।

२०७४ को निर्वाचनमा कैलाली-५ बाट चुनाव लडेकी राणा एमाले उम्मेदवार नारदमुनी रानासंग पराजित भएकी थिइन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । 

समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । 

एक पदाधिकारीका अनुसार आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिक उम्मेदवार बनाउनेवारे छलफल भएको ती पदाधिकारीले बताए ।

त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेट्नेवारे छलफल भएको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement