ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

काठमाडौंबाहिरको शेयर कारोबार १० प्रतिशतमात्र

२०७९ असोज, ४  
१० वर्ष अघि
NA

शेयर बजारलाई विकेन्द्रित गर्ने उद्देश्यले काठमाडौंबाहिर शुरू गरिएको कारोबार अपेक्षाकृत उत्साहप्रद हुन सकेको छैन । काठमाडौंबाहेकका पाँचवटा शहरबाट कुल कारोबारको १० प्रतिशतको हाराहारीमा मात्र कारोबार हुने गरेको धितोपत्र व्यवसायीहरूले बताएका छन् । गत वर्षको फागुनदेखि काठमाडौंबाहिरका पोखरा, विराटनगर र नारायणगढमा शेयर कारोबार शुरू भएको हो । वीरगञ्जबाट समेत कारोबार शुरू गर्दाको दिनमा कुल कारोबारको १५ प्रतिशतदेखि २० प्रतिशत हिस्सा ओगटेको मोफसलको कारोबार हाल १० प्रतिशतभन्दा तल सीमित भएको व्यवसायीहरूको भनाइ छ । अहिले नेपाली शेयर बजारमा दैनिक ३ करोडको हाराहारीमा कारोबार हुने गरेको छ ।

गत ६ महिनामा पोखराबाट हुने शेयर कारोबार उत्साहप्रद नरहेको नेपाल स्टक हाउस प्रालिका अध्यक्ष ईश्वरीप्रसाद रिमालले अभियानलाई बताए । कारोबार आरम्भ गर्दा जुन उत्साह थियो त्यो अहिले नभएको रिमालको धारणा छ । नेपाल स्टक हाउसले पहिलोपल्ट काठमाडौंबाहिर पोखराबाट शेयर कारोबार शुरू गरेको थियो ।

नेप्सेले धितोपत्र दलाल संघको सिफारिसमा सञ्चालनमा रहेका २३ दलाल कम्पनीहरूलाई पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल र नेपालगञ्जबाट कारोबार गर्न अनुमति दिएको थियो । तर नेपालगञ्जबाट भने अहिलेसम्म कारोबार शुरू भएको छैन । कतिपय अवस्थामा काठमाडौंबाहिरको कारोबार मार्जिनले खर्चसमेत नपुगेको नेपाल धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडा बताउँछन् ।

वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement