ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कारागारमा गलैंचा उद्योग स्थापना

२०७९ असोज, ४  
बागमती प्रदेश
NA

काभ्रेपलाञ्चोक । जिल्ला कारागार कार्यालय, धुलिखेलले कारागारभित्र गलैंचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैंचा उद्योग शुरू गरिएको हो ।

एकपटकमा ५० कैदीबन्दीले गलैंचा बुन्ने काम गर्नेगरी उद्योगको व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीको भनाइ छ । उनका अनुसार जिल्लाका नवराज केसीले रू. ३० लाख लगानीमा कारागारभित्र गलैंचा उद्योग स्थापना गरेका हुन् । कारागारभित्र रहँदा कैदीबन्दीले समयको सदुपयोग गर्दै आम्दानी गर्न सकून् भन्ने सोचले उद्योग स्थापना गरिएको केसीले बताए ।

यसअघि कैदीबन्दीले मुढा बनाउने, पोते बुन्नेलगायत काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमीनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ । केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैंचा आफैले चीनमा विक्री गर्ने योजना बनाएका छन् । कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैंचा बुन्न सिकाउन कारागार कार्यालयले सहयोग गरिरहेको छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement