ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आध्यन्तलाई लगानी कोष प्रबन्धकको इजाजत

२०७९ असोज, ४  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्न अनुमति पाएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अनुसार कम्पनीलाई इजाजतपत्र दिइएको बोर्डले जानकारी दिएको छ । आध्यन्तले लगानीकर्ताका लागि वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पूँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका उद्यमीलाई पूँजी प्रदान गर्ने बताइएको छ । आध्यन्तका संस्थापक मनोज पौडेलले सेबोनको नवीनतम तथा रूपान्तरणकारी सोचले निजी पूँजीको परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गरेको बताए । आगामी दिनमा कम्पनीले नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement