ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०७९ असोज, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन तोलाको ९१ हजार ४०० रुपैयाँम कारोबार भएको थियो । 

यो दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटेको छ । आज (नेपाली समय अनुसार बिहान १०:४८ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६७३ दशमलव १८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (सोमवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ६७५ दशमलव ३२ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ८९ पैसा थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement