ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अरुण काबेलीद्वारा लाभांश घोषणा

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८/ ०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी १२औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड रहेको छ ।  प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. २ अर्ब ४ करोड पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष भने १७ प्रतिशत बोनस  शेयर र कर तिर्न शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिएको थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement