ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

राधी विद्युत् कम्पनीको हकप्रद शेयर बुधवारदेखि विक्री खुला

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राधी विद्युत कम्पनीले भोलि बुधवारदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ : १.४७५२ अनुपातमा रू. १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।

यस आधारमा भदौे १० गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोशेयर वेबसाइट र एपमार्फत आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ रहेको छ ।  हकप्रद निष्कासन पश्चात् कम्पनीको पूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ पुग्नेछ ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement