ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

रुपया–रियालमा व्यापार गर्नेबारे एकापसमा छलफल गर्दै भारत र साउदी

२०७९ असोज, ४  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँ दिल्ली (भारत) । भारत र साउदी अरबले रुपया–रियालमा व्यापार गर्ने सम्भावनाबारे छलफल गरेका छन् । यसबाहेक पनि साउदीमा यूपीआई र रुपये कार्डको प्रयोग शुरु गर्नेबारे छलफल भइरहेको वाणिज्य मन्त्रालयले सोमवार बताएको छ । 

सेप्टेम्बर १८ देखि १९ को बीचमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलको साउदी भ्रमणको समयमा यसबारे छलफल भएको हो । भ्रमणका क्रममा उनी भारत–साउदी अरब रणनीतिक साझेदारी परिषद्को मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएका थिए । 

साउदी भ्रमणका क्रममा गोयलले राजकुमार अब्दुलाजिज बिन सलमान अल साउदसँग अन्य विविध विषयमा पनि छलफल भएको थियो । मन्त्रीस्तरीय बैठकले कृषि तथा खाद्य सुरक्षा, ऊर्जा, प्रविधि तथा आईटी र उद्योग तथा पूर्वाधारका ४१ क्षेत्रमा सहकार्यका लागि समर्थन गरेको छ । 

समय तोकेर प्राथमिकताका परियोजनाहरु कार्यान्वयन गर्ने र दुबैको संलग्नता रहेका परियोजनाहरुमा सहकार्यलाई निरन्तरता दिनेबारे पनि भारत र साउदी दुबैले समर्थन जनाएका छन् । दुई देशका एक्जिम बैंकहरुबीच संस्थागत टाई–अप,  तेस्रो देशमा संयुक्त परियोजना सञ्चालन, पूर्वाधार विकासमा सहकार्य लगायन अन्य कयौं विषयमा पनि छलफल भएको बताइएको छ ।

भारतले व्यापार घाटा कम गर्न, विदेशी विनिमय सञ्चिति घट्न नदिन, रुपयामाथिको दबाब कम गर्न, पश्चिमी देशहरुको प्रतिबन्ध उल्लंघनको अवस्थामा आउन नदिन पछिल्लो समय विदेश व्यापारमा रुपयाको प्रयोगलाई बढावा दिने नीति लिएको छ । केही समयअघि रुससँग पनि भारत सरकारले रुपयामा व्यापार गर्ने संयन्त्रण स्थापना गर्ने सहमति भएको थियो । 

इरानमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध उल्लंघन हुने अवस्था टार्न केही वर्ष अघि भारत र इरानले रुपयामा कारोबार गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले पनि रुपयामा कारोबारलाई अगाडि बढाउने अर्को अवसर पाएको छ । 

रुपया–रुबलमा द्विपक्षीय व्यापारलाई सहज बनाउन रुसको पिटर्सबर्ग सोसल कमर्सियल बैंक (पीएससीबी) ले भर्खरै भारतीय बैंक यस बैंकमा रुपयामा आधारित खाता खोलेको छ । यो खातालाई पछि विशेष रुपया खातामा रुपान्तरण गर्न सकिने बताइएको छ । एजेन्सी 

Neco insurance Limited
प्रतिक्रिया [1]
User Image

samir regmi

[Sep 20, 2022 10:27am]

अमेरिकासँग मिलेको जस्तो पनि गर्ने भारत, डलरको विकल्प पनि खोज्ने ?



   

Nepali PatroRiddhi Siddhi Cement