ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न माग भएपछि अर्थ समितिद्वारा अर्थ मन्त्रालयसँग विवरण माग

आवश्यक विवरण ७ दिनभित्र पेश गर्न पत्राचार

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका सम्बन्धमा अर्थ समितिले चासो व्यक्त गरेको छ ।

समितिले भदौ ३१ गते अर्थ मन्त्रालयलाई पत्राचार गर्दै नेपालमा दोस्रो स्टक एक्सचेन्ज सञ्चालनका लागि अनुमति दिने र ब्रोकर संख्या थप गर्ने गरी नियमावली संशोधन गरेको विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै विस्तृत विवरण पेश गर्न भनेको हो । 

नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र ब्रोकर लाइसेन्स दिनुअघि मुद्रा बजार र पूँजीबजार सम्बन्धी समितिको प्रतिवेदन, २०७७ अनुसार समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए/नभएको बारेमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतालाई समितिले औंल्याएको छ । समितिले आवश्यक विस्तृत विवरण सात दिनभित्र पेश गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

उता, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भने स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स खुला गरिसकेको छ । बोर्डले असोज २ गते एक स्टक एक्सचेन्ज र तोकिएको पूँजी संरचना अनुसार पूँजी कायम गर्ने सबैलाई वितरण गर्ने गरी ब्रोकर लाइसेन्स खुला गरिसकेको छ । अर्थ समितिले तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले विस्तृत विवरणको अभिलेख राखी समितिको बैठक बस्नासाथ छलफल गर्ने तयारी गरेको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न नेप्सेको कर्मचारी संघ र नयाँ ब्रोकर लाइसेन्स रोक्न स्टक ब्रोकर एशोसिएशन अफ नेपालले निवेदन दिएको समेत अर्थ मन्त्रालयलाई समितिले पठाएको पत्रमा उल्लेख छ । नेप्से कर्मचारी संघले भदौ २७ गते विज्ञप्ति निकालेरै नयाँ स्टक एक्सचेन्जको विरोध गरेको थियो । स्टक ब्रोकर एशोसिएशनले पनि भदौ २९ गते लाइसेन्स रोक्न माग गर्दै समितिमा निवेदन दिएको थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement