ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एकै दिन ३८ अंक घट्यो बजार, रू. १ अर्ब २२ करोड बरारबरको शेयर किनबेच

२०७९ असोज, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेप्से परिसूचक लगातार चार दिन घटेको छ । बैंकहरूले असोज महीनामा ब्याजदर बढाएसँगै शेयर बजार लगातार चार दिनदेखि ओरालो लागेको छ ।

नेप्से परिसूचक दिनानुदिन घटिरहँदा लगानीकर्ताहरू पेनिक भएका छन् । सोही कारण मंगलवार पनि विक्रेता हाबी हुँदा बजार ठूलो अंकले घटेको हो । यसो त पछिल्लो समय बजारमा केही ग्रुप मिलेर ब्रोकर लाइसेन्स लिऊँ भन्दै लाखौं पैसा उठाउन शुरू भएको छ ।  

कतिलाई त शेयर बेचेर हाल्नुस् पछि ब्रोकरको आईपीओ जारी गरेर प्रोमोटर शेयर पब्लिकमा कन्भर्ट गर्दा करोडपति बनिन्छ भनेर शेयर बेच्न उक्साएकाले पनि बजारमा सेलिङ प्रेसर आएको एक लगानीकर्ताले बताए ।

यसो त पछिल्लो सयम बजार निकै तल छ । यतिबेला सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल छ  । यति बेला विगतमा राम्रो लाभांश दिँदै आएका कम्पनीहरूको शेयर खरीद गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् । 

साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३८ दशमलव ८१ अंक झरेको छ । नेप्से परिसूचक १ हजार ८३७ दशमलव ६० विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २३१ धितोपत्रको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर ३० हजार १३५ पटकमा रू. १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २३१ धितोपत्रमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५३८ कायम भएको छ । त्यसैगरी दोस्रोमा एनएमबि फिप्टीको इकाई मूल्य ३ दशमलव ८७ प्रतिशत वृद्धि  भएर रू. ९ दशमलव १३ पुगेको छ । 

मंगलवार कालिका पावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३०० दशमलव ६० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव १९ प्रतिशत घटेर रू. २१३ कायम भएको छ । 

हिमालयन डिष्टीलरीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यस कम्पनीको रू. ५ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिडी पावर कम्पनीको रू. ५ करोड ३५ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ औटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८३ प्रतिशत घटेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement