ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने समयावधि थप

२०७९ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । स्थानीय बासिन्दाले अब असोज ३० गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यसअघि पनि कम्पनीले असोज ४ गतेसम्मका लागि समय थप गरेको थियो । सो अवधिमा सबै कित्ता शेयर विक्री नभएपछि कम्पनीले पुनः समय थप गरेको हो । 

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले रू. १ सय अंकित दरका  ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । 
 
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
 
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह-निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement