ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

साढे ७ अर्बको विद्युत निर्यात गरिसकेपछि घिसिङले भने - 'विद्युत निर्यात प्राधिकरणको उद्देश्य होइन'

३० अर्बको विद्युत खपत गर्न सके ५ खर्बको आयात प्रतिस्थापन गर्न सकिन्छ 

२०७९ असोज, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।

मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने घिसिङको दाबी छ ।

विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने उनले बताए ।

'नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउँछ ।' घिसिङले भने, 'विद्युत निर्यात गरेर भन्दा स्वदेशमै खपत गर्दा अर्थतन्त्रमा बढी योगदान पुग्छ ।'

विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड रुपैयाँ बराबरको विद्युत भारतमा निर्यात गरेको घिसिङले बताए ।

घिसिङले युरोपमा १ युनिट विद्युतको करीब १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु पनि मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए ।

कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा  कुल आयात २० प्रतिशत कम हुने दाबी गरे। हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने उनको आंकलन छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement