ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बैंकिङ ढुकुटीको परिभाषा गर

२०७९ असोज, ५  
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूबीच बैंकहरूको ढुकुटीमा रहेको नगदलाई वैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्ने विषयमा गम्भीर मतभेद देखिएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको ढुकुटीमा रहेको नगदलाई पनि एसएलआरमा गणना गर्न पाउने व्यवस्था गरेको छ । तर, सो नीति ढुकुटीअन्तर्गत केके पर्छन्, केके पर्दैनन् भन्ने विषयलाई स्पष्ट नपार्दा समस्या देखिएको हो । विशेष गरेर एटीएममा रहेको रकम ढुकुटीमा पर्छ पर्दैन भन्ने विषयमा राष्ट्र बैंक र वाणिज्य बैंकहरूको दृष्टिकोण फरक छ । राष्ट्र बैंक एटीएममा रहेको रकम ढुकुटीमा पर्दैन भन्ने पक्षमा छ भने वाणिज्य बैंकहरू ढुकुटीमै पर्छ भन्ने पक्षमा छन् । विवादको चुरो यहीँनेर देखिन्छ ।

बैंकहरूले आफ्नो कुल रकमको निश्चित प्र्रतिशत राष्ट्र बैंकमा अनिवार्य नगद मौज्दातका रूपमा राख्नुपर्ने व्यवस्था छ । सो रकमसहित ‘क’ वर्गका बैंकहरूले निक्षेपको १५ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरूले ११ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाहरूले ८ प्रतिशत रकम ढुकुटीका राख्नुपर्ने कानुनी प्रावधान छ ।

राष्ट्र बैंकले स्पष्ट परिभाषा नगर्दा यी स्थानमा रहेको रकमलाई ढुकुटीका रूपमा स्वीकार नगर्नाले बैंकहरूको कारोबार र लगानीमै प्रतिकूल असर पर्ने स्थिति सृजना हुन जान्छ । त्यसको प्रत्यक्ष प्रभाव बैंकको नगद व्यवस्थापनमा पर्छ ।

(सम्पादकीयबाट)
वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement