ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिछ्याउन शुरू

२०७९ असोज, ५  
बागमती प्रदेश
NA

काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिछ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र १ हजार ८ हजार मिलिमीटर (एमएम) का ठूला पाइप बिछ्याउन थालिएको हो ।

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिछ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म  २०६९ सालमा १ हजार ४ सय मिलिमीटरको पाइप बिछ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ । दोस्रो चरणमा १  हजार ६ सय र १ हजार ८ सय मिलिमीटरका पाइप बिछ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किलोमीटर नयाँ पाटीसम्म १ हजार ८ सय मिलिमीटरको पाइप बिछ्याइनेछ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement