ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

सोपान फर्मास्युटिकल्सले रू. १४ करोडको आईपीओ ल्याउने

२०७९ असोज, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सोपान फर्मास्युटिकल्सले १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनमा ल्याउने भएको छ । त्यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीको जारी पूँजी वृद्धि गरी ७० करोड रुपैयाँ कायम गर्ने र त्यसको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जानकारी दिइएको छ ।  आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर
कार्यक्रममा सोपान फर्मास्युटिकल्सका वित्त प्रमुख रूपेश महत, एनएमबि क्यापिटलका चिफ बिजनेश अफिसर कमलप्रसाद नेपाल र फण्ड म्यानेजमेण्ट प्रमुख आशिषराज पाण्डेको पनि उपस्थिति थियो । सोपानका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले शेयर निष्कासन यही वर्षभित्रै सम्पन्न गरिसक्ने योजना रहेको बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement